ललितपुरमा जेनजी पुस्ताको आक्रोश, टायर बाल्दै प्रदर्शन

1 महीना पहिले प्रकाशित

काठमाडौं, भदौ २४ गते ।ललितपुरका सातदोबाटो, लगनखेल, कुमारीपाटीलगायत स्थानमा मंगलबार (भदौ २४) बिहान ‘जेनजी’ पुस्ताले आक्रोशपूर्ण प्रदर्शन गरेका छन्। चोकचोकमा टायर बालेर सडक अबरुद्ध गरिएको प्रदर्शनमा प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर समेत जलाइएको छ।

प्रदर्शनकारीले प्रधानमन्त्री ओलीविरुद्ध नारा लगाउँदै अघि बढेका थिए। उनीहरूको भीड नेकपा (एमाले)को पार्टी कार्यालयतर्फ अघि बढ्दा स्थानीय क्षेत्र केही समय तनावपूर्ण बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?