माओवादी केन्द्रद्वारा प्रधानमन्त्री ओलीको राजीनामा माग
19 घन्टा पहिले प्रकाशित
_1757332448.jpg)
काठमाडौं, भदौ २३ गते । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल राजीनामा दिन आग्रह गरेको छ। माओवादीका अनुसार हालको जटिल परिस्थिति नियन्त्रण गर्न असफल भएपछि प्रधानमन्त्रीले आफ्नो पदमा बसिरहन उचित छैन।
जेनजी आन्दोलनको क्रममा अहिलेसम्म १८ जनाको मृत्यु भइसकेको तथ्यांक सार्वजनिक हुँदै जाँदा, माओवादीले यस घटनालाई सरकारको असफल नेतृत्वको परिणाम भन्दै प्रधानमन्त्रीको राजीनामा अपरिहार्य भएको जनाएको हो।
कमेन्ट गर्नुहोस्
view comments