एक्सको निर्णय : नेपालमा भ्रष्टाचार नियन्त्रण नभएसम्म दर्ता नहुने
1 महीना पहिले प्रकाशित

काठमाडौं, भदौ २३ गते । सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) ले नेपाललाई बढी भ्रष्टाचार हुने देशमध्ये अगाडि रहेको भन्दै कार्यालय दर्ता प्रक्रिया अघि नबढाउने निर्णय गरेको छ। कम्पनीले अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी नभएसम्म नेपालमा दर्ता सम्भव नहुने स्पष्ट पारेको छ।
सञ्चार मन्त्रालयका अधिकारीका अनुसार, एक्सले नेपालमा दर्ता हुन नआउने जानकारीसहितको आधिकारिक पत्र पठाएको छ। पत्रमा भनिएको छ, “नेपाल भ्रष्टाचार हुने मुलुकहरूमध्ये निकै अघिको सूचीमा पर्छ, त्यस्तो भ्रष्ट मुलुकहरूमा कार्यालय दर्ता गर्ने हाम्रो नीति छैन।”
कमेन्ट गर्नुहोस्
view comments