रास्वपा सांसद सोविता गौतमद्वारा सरकारको कडा आलोचना

1 महीना पहिले प्रकाशित

काठमाडौं, भदौ २३ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले जेनजी आन्दोलनमा प्रदर्शनकारीमाथि सरकारले गोली चलाएको घटनालाई देशको भविष्यको हत्या भएको बताएका छन्। सामाजिक सञ्जालमा उनले उल्लेख गरेकी छन् कि प्रदर्शनकारीलाई पछाडि हटाउन असंख्य वैकल्पिक उपाय हुँदाहुँदै सरकारले बन्दुकको बल प्रयोग गरी प्रतिरोध दबाएको वीरता होइन, कायरता हो।

गौतमले भनेकी छन्, “कुनै राजनीतिक स्वार्थ नबोकेका, समानता र न्यायको माग बोकेर सडकमा निस्केका छोराछोरी पुस्तालाई अभिभावक बनेर जोगाउनुपर्ने सरकारले संवादको सट्टा गोली खोल्यो। यो हत्या हो।” उनले शक्तिशालीले निर्बलमाथि शासन गर्ने पुरानो शासकीय चरित्रको पुनरावृत्ति भएको पनि उल्लेख गर्दै, “अबोध युवामाथि गोली बर्साउने सरकारलाई धिक्कार छ। यो जनताको होइन, शक्तिको लोभीहरूको सरकार हो,” भनिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?