रास्वपा सांसद सुमना श्रेष्ठद्वारा प्रधानमन्त्री ओलीको राजीनामा माग
1 महीना पहिले प्रकाशित

काठमाडौं, भदौ २३ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल राजीनामा दिनुपर्ने माग गरेकी छन्। उनले प्रधानमन्त्रीले आफ्नो वैधता गुमाइसकेको बताउँदै, “तपाईंले राजीनामा दिनैपर्छ” लेखेकी छन्।
साथै, सांसद श्रेष्ठले जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेप्रति शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन्। उनले सामाजिक सञ्जालमा, “नेपाली मारेर शासन गरने– बच्चा मारेर शासन गरने–नेपाल सरकार धिक्कार! मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली र घाइतेप्रति शीघ्र स्वास्थ्य लाभको कामना” पनि व्यक्त गरेकी छन्।
कमेन्ट गर्नुहोस्
view comments