काठमाडौँमा जेनजी आन्दोलन हिंसात्मक, १७ जनाको मृत्यु

1 महीना पहिले प्रकाशित

काठमाडौं, भदौ २३ गते । काठमाडौँमा जारी जेनजी प्रदर्शन शान्तिपूर्ण सुरु भए पनि माइतीघरमण्डलाबाट नयाँबानेश्वरतर्फ जाँदा हिंसात्मक बनेको छ। प्रदर्शनकारीहरूले संसद् भवन प्रवेश गर्न खोज्ने, आगजनी गर्ने र मुख्य गेट भत्काउने प्रयास गर्दा प्रहरीले बल प्रयोग गरेको थियो। यस क्रममा अहिलेसम्म १७ जनाको मृत्यु भइसकेको छ।

यो घटना नेपालमा भएको प्रदर्शनमा पहिलो दिनमै भएको सबैभन्दा ठूलो मानवीय क्षति मानिएको छ। यसअघि गत चैत १५ गते तीनकुनेमा भएको राजावादी आन्दोलनमा एक पत्रकारलाई जिउँदै आगो लगाइएको थियो भने अर्का एक प्रदर्शनकारीको मृत्यु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?