जेन–जी आन्दोलनमा उपत्यकामा १४ जनाको मृत्यु
1 महीना पहिले प्रकाशित

काठमाडौं, भदौ २३ गते । सामाजिक सञ्जाल बन्दको विरोधमा भएको जेन–जी आन्दोलनका क्रममा घाइते भएकामध्ये सिभिल अस्पतालमा थप एकजना प्रदर्शनकारीको मृत्यु भएको छ। यससँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्रोत अनुसार उपत्यकाका विभिन्न अस्पतालमा मृत्यु हुनेको संख्या १४ पुगेको छ। दिउँसो साढे ३ बजेसम्म १३ जनाको मृत्यु भइसकेको थियो।
मृतकहरू ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना रहेका छन्। हालसम्म घाइतेहरूको यकिन विवरण प्राप्त भइसकेको छैन। प्रशासनले आवश्यक सुरक्षा र उपचारका कदम चाँडो लिन निर्देशन दिइरहेको छ।
कमेन्ट गर्नुहोस्
view comments