प्रचण्डद्वारा जेन–जी आन्दोलनका घटनाप्रति दुःख व्यक्त

1 दिन पहिले प्रकाशित

काठमाडौं, भदौ २३ गते । काठमाडौंमा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन–जी आन्दोलनका क्रममा भएको दुखद घटनाप्रति गम्भीर दुःख व्यक्त गरेका छन्। फेसबुकमा पोस्टमार्फत उनले बानेश्वरमा प्रहरीको गोली लागेर एक युवाको मृत्यु भएको खबरले आफू स्तब्ध भएको उल्लेख गर्दै मृतक युवाप्रति श्रद्धाञ्जली अर्पण गरे। साथै घाइतेहरूका शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन्।

प्रचण्डले जेन–जीले उठाएका सामाजिक सञ्जालमाथि प्रतिबन्ध हटाउने र भ्रष्टाचारविरुद्धका मागहरू तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्। साथै, स्थिति थप बिग्रिन नदिन सरकारले जिम्मेवारीपूर्वक ठोस कदम चाल्नुपर्ने आग्रह पनि उनले गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?