जेन–जी आन्दोलनमा मृत्यु हुनेको संख्या ८ पुग्यो

1 महीना पहिले प्रकाशित

काठमाडौं, भदौ २३ गते । नेपालमा जारी जेन–जी आन्दोलनका क्रममा घाइतेमध्ये ८ जनाको ज्यान गएको छ। राष्ट्रिय ट्रमा सेन्टरमा ५ जनाको मृत्यु पुष्टि भएको छ भने सिभिल अस्पतालमा दुई जनाले ज्यान गुमाएका छन्। यसका अतिरिक्त, एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

प्रहरीले मृतकहरूको मुचुल्का उठाउन जनसेवा प्रहरी वृत्तबाट टोली खटाएको जनाएको छ। आन्दोलनका क्रममा घाइते र मृतकको संख्या बढ्दै गएकोले प्रशासनले सुरक्षा कडाइ र घटनास्थलमा नियन्त्रणका लागि आवश्यक कदम चालिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?