जेनजीको प्रदर्शनपछि बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश
1 महीना पहिले प्रकाशित

काठमाडौं, भदौ २३ गते । काठमाडौंमा जेनजी पुस्ताको प्रदर्शन नियन्त्रणबाहिर गएपछि जिल्ला प्रशासन कार्यालयले सोमबार मध्याह्नदेखि राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ। आदेश अनुसार दिउँसो १२:३० बजेदेखि लागू भएको कर्फ्यु बानेश्वर आसपासको क्षेत्रमा कडाइका साथ लागू हुनेछ।
प्रमुख जिल्ला अधिकारी छवि रिजालका अनुसार प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोडेर संसद भवनभित्र समेत प्रवेश गरेपछि अवस्था नियन्त्रणमा लिन बाध्य भएर कर्फ्यु आदेश जारी गरिएको हो। सुरक्षा निकायलाई सतर्क रहन निर्देशन दिइएको र आवश्यक कदम उठाइने प्रशासनले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments