रौतहटमा पनि जेन–जीको सरकारविरोधी प्रदर्शन

1 दिन पहिले प्रकाशित

जनकपुरधाम, भदौ २३ गते । सामाजिक सञ्जाल प्रतिबन्ध र बढ्दो भ्रष्टाचारविरुद्ध रौतहटमा जेन–जी पुस्ताका युवाहरू सडकमा उत्रिएका छन्। चन्द्रनिगाहपुरमा भेला भएका उनीहरूले चोक परिक्रमा गर्दै सरकारविरुद्ध चर्को नाराबाजी गरेका छन्। पुरानो बजार क्षेत्रमा आयोजित प्रदर्शनमा सहभागी अधिकांश किशोरकिशोरी कलेज पोशाकमै थिए।

सरकारमा बसेकाहरू सबै भ्रष्टाचारमा संलग्न भएको आरोप लगाउँदै युवाहरूले असन्तुष्टि प्रकट गरेका छन्। सुरक्षाकर्मीले जुलुसमा हस्तक्षेप नगरे पनि कडाइका साथ निगरानी राखेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजु कार्कीले जानकारी दिए। उनले चन्द्रनिगाहपुरबाहेक जिल्लाका अन्य ठाउँमा भने प्रदर्शन नभएको स्पष्ट पारे।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?