सिराहामा चट्याङ लागेर महिलाको मृत्यु
1 दिन पहिले प्रकाशित

जनकपुरधाम, भदौ २३ गते । सिराहा नगरपालिका–१९ जोगिया टोलकी ५० वर्षीया सुलेनादेवी मण्डलको आइतबार दिउँसो चट्याङ लागेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार मण्डल आफ्नै खेतमा घाँस काट्ने क्रममा अचानक परेको चट्याङले लागेपछि घटनास्थलमै मृत्यु भएको हो।
प्रहरीले मनसुनको समयमा चट्याङ लाग्ने घटना बढ्ने भएकाले स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। चट्याङको जोखिम कम गर्न खुला ठाउँमा लामो समय बस्न नहुने, सुरक्षित स्थानमा आश्रय लिनुपर्ने तथा मौसममा अचानक परिवर्तन भएमा अतिरिक्त सावधानी अपनाउन आवश्यक रहेको प्रहरीको आग्रह छ।
कमेन्ट गर्नुहोस्
view comments