करेन्ट लागेर रौतहटको बौधीमाई–६ का वडाध्यक्ष यादवको मृत्यु

1 दिन पहिले प्रकाशित

जनकपुरधाम, भदौ २३ गते । रौतहटको बौधीमाइ नगरपालिका–६ का वडाध्यक्ष गगनदेव राय यादवको करेन्ट लागेर मृत्यु भएको छ। आइतबार साँझ करिब ७:१५ बजे जगदीश राय यादवको खेतमा जाने क्रममा ११ हजार भोल्टको तार चुडिएर भुइँमा परेको अवस्थामा करेन्ट लागी यादव घाइते भएका थिए। घोराहीमाई अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल गौर ल्याइएपनि चिकित्सकले इसिजी गरेर राति ८:१५ बजे मृत घोषणा गरेका थिए।

२०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा (एस)बाट निर्वाचित वडाध्यक्ष यादव विगतमा कर्तव्य ज्यान मुद्दामा सफाइ पाएका थिए। तर, निर्वाचित भएको केही महिनामै उच्च अदालत जनकपुर अस्थायी इजलाश वीरगन्जको आदेशले उनी निलम्बनमा पर्नु परेको थियो। वडाध्यक्ष पद खाली भएपछि अहिले वडा सदस्य अर्जुन यादव र उषा यादव पालैपालो कार्यबाहक वडाध्यक्षका रूपमा जिम्मेवारी सम्हालिरहेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?