सिरहामा भन्सार छली लत्ताकपडा र मोटरसाइकलसहित युवक पक्राउ
1 दिन पहिले प्रकाशित

जनकपुरधाम, भदौ २२ गते । सिरहाको गोलबजार नगरपालिका–६ गुम्बाचोक नजिकै सशस्त्र प्रहरीले आज बिहान भारतबाट अवैध रूपमा ल्याइएका लत्ताकपडा र दुईवटा मोटरसाइकलसहित एक युवकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नम्बर ७ गण सिरहाको गस्ती टोलीले सुखीपुर नगरपालिका–७ सिसवा निवासी २२ वर्षीय रामकुमार यादवलाई नियन्त्रणमा लिएको हो । पक्राउको बेला उनीसँगै रहेका अर्का मोटरसाइकल चालक भने फरार रहेका सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीले जानकारी दिएका छन् ।
सशस्त्र प्रहरीले यादवको साथबाट दुई लाख ८२ हजार ८०० रुपैयाँ बराबरका लत्ताकपडा र दुई लाख ५० हजार मूल्य बराबरका दुई मोटरसाइकल बरामद गरेको छ । बरामद सामानको कुल मूल्य पाँच लाख ३२ हजार ८०० रुपैयाँ हुने बताइएको छ । उपरीक्षक भण्डारीका अनुसार भारतबाट भन्सार छली गरी सामान ल्याउने कार्य रोक्न प्रहरीले निगरानी कडा पारेको छ । बरामद सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
view comments