सप्तरीको कञ्चनरुपमा पुजारीको शङ्कास्पद मृत्यु
1 दिन पहिले प्रकाशित

जनकपुरधाम, भदौ २२ गते । सप्तरीको कञ्चनरुप नगरपालिका–८ सुन्दरी पुल नजिकै रहेको काली मन्दिरमा एक वृद्ध पुजारीको शङ्कास्पद मृत्यु भएको छ । करिब ६–७ वर्षदेखि पुजारीको रूपमा बस्दै आएका करिब ७५ वर्षीय वृद्ध शनिबार साँझ मन्दिर परिसरमै टाउकोमा चोट लागेर घाइते अवस्थामा भेटिएका थिए । स्थानीयले उनलाई नगर अस्पताल कञ्चनपुर पुर्याए पनि उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिएका छन् । मृतकको नाम भने अहिलेसम्म खुलाइएको छैन ।
बस्नेतका अनुसार मृतकको टाउकोमा देखिएको चोट आफैं लडेर वा कसैले धक्का दिएर भएको हो वा नभएकोबारे अनुसन्धान सुरु गरिएको छ । मृत्यु शङ्कास्पद भएको भन्दै प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ । हाल मृतकको शवलाई पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको शवगृहमा राखिएको प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
view comments