युट्युब बन्दसँगै संसदको प्रत्यक्ष प्रसारण प्रभावित, वैकल्पिक उपाय खोज्दै सचिवालय
2 दिन पहिले प्रकाशित

काठमाडौं, भदौ २० गते । सरकारले दर्ता नभएका युट्युबसहितका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि संघीय संसदको प्रत्यक्ष प्रसारण र भिडियो अर्काइभ प्रभावित हुने देखिएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाका सबै बैठक युट्युबमार्फत प्रसारण हुँदै आएकोमा अब वैकल्पिक माध्यम खोज्नुपर्ने भएको हो। सभामुख देवराज घिमिरेले संसदको लाइभ र अभिलेख सुरक्षाबारे गम्भीर चासो व्यक्त गर्दै सचिवालयलाई नयाँ प्रविधि र सूचना प्रवाहका विकल्प तत्काल तयारी गर्न निर्देशन दिएका छन्।
संसद सचिवालयका प्रवक्ता एकराम गिरीले युट्युब बन्द भएपछि प्रत्यक्ष प्रसारण गर्न कठिनाइ हुने बताए। उनका अनुसार सचिवालयसँग अन्य प्रविधि उपलब्ध नभएकाले वैकल्पिक उपायबारे छलफल सुरु गरिएको छ। गिरीले समितिहरूबीच सांसदहरूले प्रयोग गर्दै आएको ह्वाट्स एपमार्फतको कम्युनिकेशनसमेत अब प्रभावित हुने उल्लेख गर्दै, त्यसलाई नेपालमा दर्ता भएको भाइबरमा सार्ने तयारी भइरहेको जानकारी दिए।
कमेन्ट गर्नुहोस्
view comments