सुनको मूल्य फेरि रेकर्ड उच्चतामा, तोलाको २ लाख १० हजार नाघ्यो

2 दिन पहिले प्रकाशित

काठमाडौं, भदौ २० गते । नेपालमा सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ। शुक्रबार सुन तोलामा २ हजार ५ सय रुपैयाँले बढ्दै २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो अहिलेसम्मकै उच्च मूल्य हो। अघिल्लो दिन तोलाको २ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज नयाँ रेकर्ड कायम गरेको हो।

यससँगै चाँदीको मूल्य पनि सामान्य रूपमा बढेको छ। अघिल्लो दिन प्रतितोला २ हजार ४८० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँ बढेर २ हजार ४९० रुपैयाँ पुगेको महासंघले जनाएको छ। लगातार बढ्दो सुनचाँदीको मूल्यले बजारमा थप चहलपहल भए पनि सामान्य उपभोक्तामाथि प्रत्यक्ष असर पर्न थालेको व्यापारीहरूले बताएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?