सिरहाका पूर्ववडाध्यक्ष उपेन्द्र साह ठगीको आरोपमा पक्राउ
3 दिन पहिले प्रकाशित

जनकपुरधाम, भदौ १९ गते । सिरहा नगरपालिका-७ का पूर्ववडाध्यक्ष उपेन्द्र साहलाई ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको छ। सिरहा-३ की शोभा मण्डलले दिएको जाहेरीका आधारमा प्रहरीले उनलाई गत १५ गते पक्राउ गरेको हो। मण्डलले साहलाई ३० लाख रुपैयाँ दिएको र त्यसबापत ३० लाखको चेक र जग्गा धरौटीमा राखेको उल्लेख गरेकी छन्। तर, साहले उनको बैंक खाता कालोसूचीमा राख्न लगाएको र कालोसूची हटाउने सर्तमा थप १० लाख नगद र २५ लाखको चेक लिएको आरोप छ।
मण्डलका अनुसार, साहले खाता कालोसूचीबाट नहटाई उल्टै उनले दिएको ३० लाख र २५ लाखको चेक लिएर अदालतमा मुद्दा दायर गरी जग्गा हत्याउने प्रयास गरेका छन्। सिरहा जिल्ला प्रहरी कार्यालयले साहलाई हिरासतमा राखी जिल्ला अदालतबाट म्याद लिएर विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments