तराई–मधेसमा सर्पदंशका घटना बढे, सात जनाको मृत्यु
3 दिन पहिले प्रकाशित

जनकपुरधाम, भदौ १८ गते । तराई–मधेसका जिल्लाहरूमा पछिल्ला महिनामा सर्पदंशका घटना तीव्र रूपमा बढेका छन्। प्रादेशिक अस्पताल जनकपुरधामका आपत्कालीन सेवा कक्ष प्रमुख डा. उज्ज्वल झाले दैनिक पाँचदेखि छ जना बिरामी सर्पदंशको उपचारका लागि आउने गरेको बताए। उनका अनुसार २०८० चैतदेखि हालसम्म एक हजार एक सय १५ जना सर्पदंशका बिरामी अस्पताल पुगेका छन्।
यस्तो अवधिमा ६० जनामा विषालु सर्पको टोकाइ पुष्टि भएको छ भने सात जनाको मृत्यु भइसकेको छ। समयमै उपचारका लागि अस्पताल पुग्नेको सङ्ख्या बढेकाले मृत्युदर भने केही घटेको अस्पतालले जनाएको छ। स्वास्थ्यकर्मीहरूले वर्षा र गर्मीको मौसममा विशेष सतर्कता अपनाउन आग्रह गर्दै सर्पले टोकेमा ढिला नगरी नजिकैको स्वास्थ्य संस्थामा जान सुझाव दिएका छन्।
कमेन्ट गर्नुहोस्
view comments