जनकपुरधाममा दसैं मेला तयारी, सरोकारवालासँग संघको छलफल
3 दिन पहिले प्रकाशित

जनकपुरधाम, भदौ १८ गते । जनकपुरधाम उद्योग वाणिज्य संघले २०८२ सालको दसैं मेला व्यवस्थित र सफल बनाउन बुधबार विशेष छलफल कार्यक्रम आयोजना गरेको छ। संघको सभाहलमा भएको कार्यक्रममा सरकारी निकाय, सुरक्षाकर्मी, व्यापारी, सञ्चारकर्मी र स्थानीय सरोकारवालाको उल्लेखनीय सहभागिता थियो। सहभागीहरूले अघिल्ला वर्षमा देखिएका समस्या र कमजोरीहरूलाई सम्बोधन गर्दै यस वर्षको मेला सुरक्षित र प्रभावकारी बनाउन विभिन्न सुझाव प्रस्तुत गरे।
संघका अध्यक्ष सुरेन्द्र भण्डारीले गत वर्षको अनुभवलाई आधार मानेर यसपटकको दसैं मेला जनकपुरधामको प्रतिष्ठा अनुरूप आयोजना गरिने प्रतिवद्धता व्यक्त गरे। मेलामा सहभागी व्यवसायीहरूको सहजताका लागि विशेष व्यवस्था गरिने, प्रचार–प्रसार र सुरक्षामा कुनै कमी नराखिने उनले स्पष्ट पारे। संघले मेलालाई पर्यटनसँग जोडेर स्थानीय कला, संस्कृति र उत्पादनलाई प्रवर्द्धन गर्ने योजना रहेको जानकारी पनि दिएको छ।
कमेन्ट गर्नुहोस्
view comments