अमेरिकाबाट ३७ नेपाली आज डिपोर्ट हुँदै स्वदेश फिर्ता

1 दिन पहिले प्रकाशित

काठमाडौं, भदौ १८ गते । अवैध रुपमा बसोबास गरिरहेका ३७ जना नेपालीलाई अमेरिकाले आज चार्टर उडानमार्फत नेपाल पठाउन लागेको छ। ‘उडान नम्बर एन८२८एएक्स’ जहाजमार्फत उनीहरूलाई ल्याइने भएको अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए।

अमेरिकामा डोनाल्ड ट्रम्प दोस्रो कार्यकाल राष्ट्रपति बनेपछि दुई सयभन्दा बढी नेपाली डिपोर्ट भइसकेका छन्। अध्यागमनले सम्पूर्ण विवरण सार्वजनिक नगरे पनि पछिल्ला वर्षमा फर्काइएका नेपालीहरू २८ जिल्लाबाट रहेकाे जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?