जसपा शुभेच्छुक संस्था प्रेस मञ्च नेपालको मधेश प्रदेश अधिवेशन सिरहामा सुरु
2 दिन पहिले प्रकाशित

जनकपुरधाम, भदौ १७ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालसँग सम्बद्ध शुभेच्छुक संस्था प्रेस मञ्च नेपालको मधेश प्रदेश समितिको प्रादेशिक अधिवेशन मङ्गलबारदेखि सुरु भएको छ। मिर्चैया नगरपालिकास्थित एक होटलमा उद्घाटन भएको अधिवेशन दुई दिनसम्म चल्नेछ। प्रदेशका आठ जिल्लामा समिति रहेका प्रेस मञ्चका प्रतिनिधिहरू अधिवेशनमा सहभागी भएका छन्।
अध्यक्ष अभरेन्द्र यादवले पटक–पटकको विभाजनका बाबजुद पनि संगठन एकजुट रहेको सन्देश अधिवेशनमार्फत जाने बताएका छन्। उनले अब संगठन सशक्त रूपमा अघि बढ्ने विश्वास व्यक्त गरे। अधिवेशनले नयाँ प्रादेशिक कार्य समिति चयन गर्ने तयारी गरेको उपाध्यक्ष राम हृदय यादवले जानकारी दिए।
कमेन्ट गर्नुहोस्
view comments