सिरहामा आमा र छोराको शव फेला, घरेलु विवादकै कारण आत्महत्या आशंका

2 दिन पहिले प्रकाशित

जनकपुरधाम, भदौ १७ गते । सिरहाको लहानमा आमा र उनका पाँच वर्षीय छोराको शव फेला परेको छ। लहान–१२ भोटिया टोलस्थित फ्ल्याटमा बस्दै आएकी २३ वर्षीया रञ्जिता चौधरी सिलिङ पंखामा झुण्डिएको अवस्थामा भेटिएकी हुन् भने उनका छोरा एरोन खाटमै मृत फेला परेका हुन्। प्रहरीले घटनास्थलमा पुगेका बेला कोठा भित्रबाट चुकुल लगाइएको अवस्थामा भेटिएको थियो।

घटनामा रञ्जिताको नौ महिनाको कान्छो छोरा भने गम्भीर अवस्थामा भेटिएका छन् र अहिले सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ। प्रहरीको प्रारम्भिक अनुमानमा घरेलु विवादका कारण आमा र छोराको मृत्यु भएको हुनसक्ने देखिएको छ। दुवै शव प्रादेशिक अस्पताल लहानमा पोस्टमार्टमका लागि पठाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?