नेपाल रेल्वेको ट्रेन चाँडै फर्किदै

1 महीना पहिले प्रकाशित

जनकपुरधाम, भदौ १६ गते । भारतको जयनगर बाट नेपालको धनुषा जिल्ला स्थित रहेको जनकपुरधाम हुँदै महोत्तरीको भंगहा सम्म चल्ने देशको एकमात्र रेल्वे सेवा अन्तर्गत रहेको टे्रन सेट विगत केही महिना अधि सर्भिसिंग सकाएर पुनः फर्किन तैयार अवस्थामा रहेको छ ।

उक्त डिईएमयू रेक का पिओएच (Periodic Overhaul) सफलता पुर्वक लखनऊ स्थित RSW/चारबागमा सम्पन्न भएको छ । जयनगर कुर्था रेल खण्डको संचालन एवम हेरचाह कोंकण रेल्वे द्वारा गरिन्छ । पिओएच (Periodic Overhaul) सम्पन्न भएपछि यो रेक अब पुर्ण रुपले तयार अवस्थामा रहेको र चाँडै नेपालको रेल्वे ट्रयाकमा दौडने छन् । स्थानीय यात्री र भारतीय पर्यटकलाई ठुलो हद सम्म टेवा पुर्याउने यस ट्रेनले आफ्‌नो सुन्दरता एवम् आरामदायी यात्राको लागि प्रख्यात बनेको छ । उक्त ट्रेन सर्भिसिंगमा गईसकेपछि तत्कालको लागि भारतीय रेल्वेले बैकल्पिक इन्जन सहितको बोगी उपलब्ध गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?