रौतहटमा खेतमा पानी हाल्ने क्रममा करेन्ट लाग्दा किसानको मृत्यु
1 महीना पहिले प्रकाशित

जनकपुरधाम, भदौ १६ गते । रौतहटको बौधीमाइ नगरपालिका–४, इनरबारीका ५२ वर्षीय अजयनारायण मिश्रको सोमबार बिहान करेन्ट लागेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी राजु कार्कीका अनुसार खेतमा पानी हाल्ने क्रममा विद्युतीय मोटरबाट करेन्ट लाग्दा मिश्र घाइते भएका थिए।
घाइते अवस्थामै मिश्रलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो। तर बिहान ११:१२ बजे उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि बौधीमाइ नगरपालिकाका पूर्व नगरप्रमुख राजीवरञ्जन यादवले सरकारलाई किसानप्रति संवेदनशील भई आवश्यक सुरक्षा र सहयोगमा ध्यान दिन आग्रह गरेका छन्।
कमेन्ट गर्नुहोस्
view comments