मन्त्री र मेयरलाई फोनमा धम्की दिने महिला उपर तीन मुद्दा

3 दिन पहिले प्रकाशित

जनकपुरधाम, भदौ १६ गते । पर्साको वीरगन्जबाट पक्राउ परेकी २३ वर्षीया किरण साह उपर संघीय खानेपानी मन्त्री प्रदीप यादव र वीरगन्ज महानगर प्रमुख राजेशमान सिंहलाई टेलिफोनमार्फत धम्की दिएको आरोपमा तीनवटा अलग–अलग अपराध मुद्दा दर्ता गरिएको छ। पर्सा प्रहरीका प्रवक्ता डीएसपी किशोर लम्सालका अनुसार साहमाथि साइबर अपराध, संघीय सांसदलाई ज्यान मार्ने धम्की र झुटा अफवाह फैलाएको अभियोग लगाइएको हो।

शनिबार पक्राउ परेकी साहलाई आइतबार जिल्ला अदालत पर्सामा पेस गरिएको थियो। अदालतले थप अनुसन्धानका लागि तीन दिनको म्याद दिएको प्रहरीको भनाइ छ। यस अवधिमा घटनाबारे विस्तृत छानबिन गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?