महोत्तरीमा SEE उत्तीर्ण छात्रालाई ‘उडान’ कार्यक्रमअन्तर्गत साइकल वितरण
1 महीना पहिले प्रकाशित

जनकपुरधाम, भदौ १६ गते । महोत्तरीको हेन्द्र आदर्श महिला मावि, जलेश्वरमा नेपाल–भारत मैत्री युवा सङ्घले ‘उडान’ कार्यक्रमअन्तर्गत SEE उत्तीर्ण १२ छात्रालाई साइकल वितरण गरेको छ। कार्यक्रममा नेपाली कांग्रेस महोत्तरीका वरिष्ठ नेता तथा पूर्व सांसद रामचन्द्र तिवारी प्रमुख आतिथ्य रहेका थिए भने सङ्घका जिल्ला अध्यक्ष जितेन्द्र सिंहको अध्यक्षता र केन्द्रीय महासचिव कृष्ण सिंहको विशेष आतिथ्य रहेको थियो। कार्यक्रममा सञ्चारकर्मी, समाजसेवी तथा राजनीतिकर्मीको उल्लेखनीय उपस्थिति थियो।
सङ्घका अध्यक्ष सिंहले पहिलो चरण अन्तर्गत जलेश्वरमा साइकल वितरण गरिएको र दोस्रो चरणमा मंगलबार लचमु जलेश्वरमा समेत वितरण गरिने जानकारी दिनुभयो। यसैक्रममा सोमबार जलेश्वर नगरपालिका–प्रकौलीस्थित जानकी परीक्षण माविमा पनि साइकल वितरण हुने बताइएको छ। कार्यक्रमले ग्रामीण क्षेत्रका छात्राहरूलाई पढाइमा थप सहजता दिलाउने उद्देश्य राखेको आयोजकहरूले बताए।
कमेन्ट गर्नुहोस्
view comments