‘आ बाट आमा’ फिल्ममा प्रदीप रावतको अभिनय, चितवनमा छायांकन सुरु
8 घन्टा पहिले प्रकाशित

काठमाडौं, भदौ १२ गते । निर्देशक चन्द्र पन्तको निर्देशनमा बन्न लागेको नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ मा भारतीय अभिनेता प्रदीप रावत अभिनय गर्ने भएका छन्। उनी बुधबार पत्नी तथा अभिनेत्री कल्याणीसहित काठमाडौं आएका थिए र त्यसै दिन चितवन प्रस्थान गरेका छन्। फिल्मको छायांकन बिहीबारदेखि चितवनबाट सुरु हुने निर्माण पक्षले जनाएको छ। यसअघि प्रदीप रावतले पन्तकै निर्देशनमा बनेको फिल्म ‘ह्रस्व दीर्घ’ मा पनि अभिनय गरेका थिए।
फिल्ममा प्रदीपसँगै पल शाह, विपना थापा, उषा उप्रेती, साइग्रेस पोखरेललगायत कलाकारको अभिनय रहनेछ। प्रदीपले यसमा पल शाहको बुबाको भूमिका निर्वाह गर्नेछन्। कृष्ण प्रसाद सुवेदीको निर्माणमा ध्रुब न्यौपाने र प्रकाश कुँवरले सहनिर्माण गर्ने फिल्म पारिवारिक तथा भावनात्मक कथामा आधारित हुने बताइएको छ।
कमेन्ट गर्नुहोस्
view comments