मधेश प्रदेशसभा अधिवेशन सुरु, प्रतिपक्षको बहिष्कार
8 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, भदौ १२ गते । मधेश प्रदेशसभाको छैटौं अधिवेशन आज दिउँसो १ बजेबाट सुरु हुँदैछ। तर, बैठकअघि बोलाइएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्षी दलहरू—जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी र राप्रपाले बहिष्कार गरेका छन्। उनीहरूले सरकारले प्रतिपक्षको अनुपस्थितिमा बजेट पारित गरेको विषयमा असन्तुष्टि जनाउँदै प्रदेशसभा सञ्चालनमा सहभागी नहुने चेतावनी दिएका छन्।
सभामुख रामचन्द्र मण्डलले बुधबार बसेको परामर्श समितिको बैठकमा पनि प्रतिपक्षी दलका नेताहरूले आपत्ति जनाएको नेकपा माओवादी केन्द्रका नेता युवराज भट्टराईले बताए। उनका अनुसार, बजेट पारित गर्ने बेलामा प्रतिपक्षको आवश्यकता नपरेको सरकारले अहिले मात्र सहकार्य खोज्नु विरोधाभासी भएको आरोप लगाइएको छ। आजको बैठकमा शुभकामना मन्तव्य, महालेखापरीक्षकको छैटौं र सातौं वार्षिक प्रतिवेदन र विषयगत समितिका प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments