जलेश्वरमा कुकुरको आक्रमण, १४ जना घाइते

8 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, भदौ १२ गते । महोत्तरीको सदरमुकाम जलेश्वरमा बुधबार कुकुरको टोकाइबाट कम्तीमा १४ जना घाइते भएका छन्। जलेश्वर नगरपालिका कार्यालय नजिकैको क्षेत्रमा ती व्यक्तिहरूलाई कुकुरले आक्रमण गरेको हो। घाइतेहरूलाई प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ। फुल्हट्टाका युवक हसनैन अन्सारी र बजराहीका राजेश झा सहितका पीडितहरूले नगरपालिका चोकमा उभिएका बेला कुकुर आएर आक्रमण गरेको बताए।

प्रादेशिक अस्पताल जलेश्वरका आकस्मिक कक्ष इन्चार्ज रामउदित यादवका अनुसार कुकुरको टोकाइबाट घाइते भएर अस्पताल पुगेकाहरूको संख्या अझै बढ्न सक्ने छ। उपचारका क्रममा घाइतेलाई टिटानस, एन्टी रेबिज भ्याक्सिन लगायत आवश्यक औषधि दिइएको छ। अस्पतालमा भ्याक्सिन पर्याप्त मात्रामा उपलब्ध भएकाले सबैलाई पहिलो डोज लगाइएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?