जसपा नेता दिपक कुमार यादव ‘टुटु बाबु’को निधन

8 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, भदौ १२ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता तथा सप्तरीको महादेवा गाउँपालिका निवासी दिपक कुमार यादव (टुटु बाबु)को ७५ वर्षको उमेरमा निधन भएको छ। उपचारका क्रममा विराटनगरमा बुधवार उनको निधन भएको हो। यादव महादेवा गाउँपालिकाका निर्वतमान अध्यक्ष तथा जसपा नेपालको केन्द्रीय सल्लाहकार समितिका सदस्य समेत रहेकाले स्थानीयस्तरमा उनको योगदान महत्त्वपूर्ण मानिन्छ।

उनको पार्थिव शरीर बुधवार नै गाउँमा ल्याइएपछि घरमा धार्मिक संस्कार र अन्तिम श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरिएको पारिवारिक स्रोतले जनाएको छ। अन्त्येष्टि भने विहीवार गरिने तयारी भएको छ। यादवको निधनले सप्तरीको राजनीतिक तथा सामाजिक क्षेत्रमा ठूलो क्षति पुगेको जसपा कार्यकर्ताहरूले बताएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?