वीरगन्जमा हैजा नियन्त्रण : खानेपानी शुद्धीकरणलाई महानगरको प्राथमिकता
6 घन्टा पहिले प्रकाशित

काठमाडौं, भदौ ११ गते । झाडापखाला र हैजाको जोखिम बढेपछि वीरगन्ज महानगरपालिकाले खानेपानी शुद्धीकरणलाई उच्च प्राथमिकता दिएको छ। महानगरले विभिन्न स्थानमा रहेका ट्यांकीहरूमा ट्यांकरमार्फत पुर्याइने पानीलाई क्लोरिन घोल र ब्लिचिङ पाउडर प्रयोग गरेर मात्र वितरण गर्दै आएको छ। वातावरण निरीक्षक प्रकाश ऐरका अनुसार दूषित पानीकै कारण हैजा, टाइफाइड र अन्य पाचनसम्बन्धी रोग फैलिने सम्भावना भएकाले शुद्धीकरण नगरिकन कुनै पनि स्थानमा पानी नपठाइने व्यवस्था गरिएको छ।
ब्लिचिङ पाउडरलाई प्रभावकारी उपाय बताउँदै ऐरले यसले पानीमा रहेका रोगाणु तुरुन्तै नष्ट गर्ने भएकाले दीर्घकालीन रूपमा सुरक्षित हुने स्पष्ट पारे। महानगर प्रमुख राजेशमान सिंहले शुद्ध खानेपानी नै रोग नियन्त्रणको प्रमुख उपाय भएको भन्दै प्रत्येक नागरिकलाई घरमै पानी उमालेर पिउन र सरसफाइमा विशेष ध्यान दिन आग्रह गरे। उनले सामुदायिक स्वास्थ्य पहिलो प्राथमिकता भएकाले महानगरले सम्पूर्ण शुद्धीकरण प्रक्रिया कडाइका साथ लागू गरिरहेको बताए।
कमेन्ट गर्नुहोस्
view comments