जनकपुरधाममा द आर्ट अफ लिविङको तीनदिने शिविर सम्पन्न
4 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, भदौ १० गते । अन्तर्राष्ट्रियस्तरमा परिचित संस्था द आर्ट अफ लिविङ ले जनकपुरधाममा आयोजना गरेको तीनदिने बन्द शिविर सम्पन्न भएको छ। जनकपुरधाम–८ स्थित मैथिली विकास कोषको सभाकक्षमा भएको शिविरमा प्रत्येक दिन तीन घण्टासम्म जीवन जिउने कला सम्बन्धी प्रशिक्षणसँगै योगाभ्यास सञ्चालन गरिएको थियो। संस्थाकी सुधा कार्की थापाका अनुसार कार्यक्रममा जनकपुरका विभिन्न क्षेत्रमा सक्रिय २५ जनाको सहभागिता रहेको थियो।
शिविर प्रशिक्षकमा द आर्ट अफ लिविङका सुधीर ठाकुर तथा वरिष्ठ स्वयंसेवक कल्पना ठाकुर रहेका थिए। साथै कार्यक्रममा मैथिली विकास कोषका अध्यक्ष जिवनाथ चौधरी, मिथिला नाट्यकला परिषद (मिनाप)का पूर्व अध्यक्ष तथा गायक–संगीतकार सुनील मल्लिकलगायत सरोकारवालाको समेत उपस्थिति थियो।
कमेन्ट गर्नुहोस्
view comments