विराटनगरमा साइकल दुर्घटना, एक जनाको मृत्यु
3 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, भदौ ९ गते । मोरङको विराटनगर महानगरपालिका–१४ मा आइतबार साँझ भएको साइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ। जहदा गाउँपालिका–३ का ४१ वर्षीय रुपेश कुमार राजवंशी सिटी सफारीसँग ठोक्किँदा गम्भीर घाइते भए। टाउकोमा चोट लागेका उनलाई तत्कालै उपचारका लागि कोशी अस्पताल विराटनगर पुर्याइए पनि चिकित्सकले केही समयमै मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार राजवंशी सवार साइकल अनियन्त्रित भई विराटनगर–१–ह १२३४ नम्बरको सिटी सफारीको पछाडि ठोक्किँदा दुर्घटना भएको हो। सो सिटी सफारीका चालक २५ वर्षीय मोहम्मद जाहागिरलाई नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments