आर्थिक प्रलोभनमा महिलालाई यौन शोषण, जनकपुरमा होटल सञ्चालक पक्राउ

3 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, भदौ ९ गते । जनकपुरधाम–२३ का ४५ वर्षीय होटल सञ्चालक अजिज राइनलाई आर्थिक प्रलोभन देखाई महिलालाई जबरजस्ती यौन क्रियाकलापमा संलग्न गराएको आरोपमा प्रहरीले पक्राउ गरेको छ। प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहका अनुसार पीडित परिवार र मानव अधिकारकर्मीको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिएर मानव बेचविखन तथा यौनजन्य अपराधसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको हो।

राइनविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा समेत उजुरी परेको छ। आयोगका जनकपुरधाम प्रमुख बुद्धनारायण सहनीले यस घटनालाई अत्यन्त संवेदनशील मानी प्रारम्भिक तथ्य जाँच सुरु गरिएको बताए। यसबारे प्रमाण संकलनको काम भइरहेको र दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरीले गम्भीरतापूर्वक काम गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?