बाटोमा इँटा राख्ने विवादले गर्भवती महिलाको गर्भ खेर
3 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, भदौ ९ गते । सप्तरीको खडक नगरपालिका–७ कल्याणपुरमा बाटोमा इँटा राख्ने विवादले दुःखद रूप लिएको छ। बिहीबार बिहान करिब १० बजे ४० वर्षीया जिबछी देवी साह र उनकी देवरानी ३५ वर्षीया ललिता देवी साहबीच झगडा भएको थियो। झगडा बढ्दै कुटपिटसम्म पुगेपछि गर्भवती ललिताको पेटमा चोट लाग्यो। प्रारम्भमा अवस्था सामान्य देखिए पनि आइतबार अचानक स्वास्थ्य बिग्रिएपछि उनलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको थियो, जहाँ पाँच महिनाको गर्भ खेर गएको चिकित्सकले पुष्टि गरेका छन्।
घटनापछि ललिता साह उपचाररत छन् भने कुटपिटमा संलग्न भनिएकी जिबछी देवी साह फरार छिन्। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतका अनुसार आरोपीको खोजतलास जारी छ र इलाका प्रहरी कार्यालय कल्याणपुरले यसबारे थप अनुसन्धान गरिरहेको छ।
कमेन्ट गर्नुहोस्
view comments