वीरगन्जमा लागुऔषधसहित दुई भारतीय पक्राउ
7 घन्टा पहिले प्रकाशित

जनकपुृरधाम, भदौ ८ गते । पर्साको वीरगन्जमा सशस्त्र प्रहरीले नेपाल–भारत मैत्री बसमार्फत लागुऔषध गाँजा तस्करी गर्न खोज्ने दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा महाराष्ट्र मुम्बई निवासी ४२ वर्षीय अनवर सलाउदिन खान र ४१ वर्षीय मोहम्मद इकबाल सय्यद रहेका छन्। उनीहरू आइतबार नेपालबाट भारततर्फ जाँदै गर्दा वीरगन्ज महानगरपालिका–१६ स्थित बस जाँचका क्रममा पक्राउ परेका हुन्।
सशस्त्र प्रहरी बलको सीमा सुरक्षा गुल्म वीरगन्जबाट खटिएको टोलीले बा ५ ख १२३७ नम्बरको यात्रुवाहक बसमा चेकजाँच गर्दा उनीहरूको झोलामा ६ किलो ४ सय ग्राम गाँजा फेला परेको हो। बरामद गाँजासहित दुवैलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय विर्तामा बुझाइएको सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी डीएसपी सुरज कार्कीले जानकारी दिएका छन्।
कमेन्ट गर्नुहोस्
view comments