रौतहटमा सुटकेसभित्र महिलाको शव फेला

7 घन्टा पहिले प्रकाशित

जनकपुृरधाम, भदौ ८ गते ।  रौतहटको गौर–गंगापिपरा सडकखण्डअन्तर्गत मुडवलवा गेट नजिक शनिबार राति सडक किनारमा राखिएको शंकास्पद सुटकेसबाट एक महिलाको शव फेला परेको छ। डोरीले कस्सिएको अवस्थामा भेटिएको सुटकेस खोलेपछि करिब ३० वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए। मृतकको टाउकोमा चोट लागेको, रगत बगेको र घाटीमा समेत निसान भेटिएको हुँदा हत्या भएको आशंका गरिएको छ।

महिलाको पहिचान अहिलेसम्म खुल्न सकेको छैन भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पछिल्लो समयमा रौतहटमा हत्या, हिंसा र चोरीजस्ता आपराधिक घटनामा वृद्धि भएको भन्दै प्रहरीको सुरक्षा व्यवस्थाप्रति स्थानीयमा चासो बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?