मन्त्री चौरसियाको राजीनामा माग्दै सांसद किरण साहको प्रश्न

3 घन्टा पहिले प्रकाशित

काठमाडौं, भदौ ५ गते ।  नेकपा एमालेका सांसद किरण साहले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाको राजीनामा माग गरेका छन्। बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले कांग्रेस नेता अफताव आलमको मुद्दामा मन्त्री चौरसियाले न्यायालयमा नाङ्गो हस्तक्षेप गरेको आरोप लगाए।

सांसद साहले न्यायालय स्वतन्त्र र निष्पक्ष हुनुपर्नेमा सरकारकै मन्त्रीले दबाब दिनु अराजकता भएको टिप्पणी गरे। उनले निष्पक्ष न्याय दिने सवालमा मन्त्रीको हस्तक्षेप स्वीकार्य नभएको भन्दै तत्काल राजीनामा दिनुपर्ने माग अघि सारे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?