खडेरी प्रभावित किसानका लागि ७० लाखको डिप बोरिङ सञ्चालन
3 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, भदौ ५ गते । खडेरीका कारण रोपाइँ गर्न नसकेका किसानलाई सहयोग गर्न गोलबजार नगरपालिका–२ निपनियामा ७० लाख रुपैयाँ लागतमा डिप बोरिङ निर्माण गरिएको छ। त्यससँगै १० हजार लिटर क्षमताको पानी ट्याङ्की पनि बनाइएको छ। कमला सिँचाइ कार्यालयका अनुसार यस बोरिङबाट करिब ७० बिघा जमिनमा सिँचाइ सेवा उपलब्ध हुनेछ। बुधबारदेखि सेवा प्रारम्भ भएको कार्यक्रममा पूर्वमन्त्री लीलानाथ श्रेष्ठले उद्घाटन गरेका हुन्।
कार्यक्रममा गोलबजार नगर प्रमुख श्यामकुमार श्रेष्ठले हालसम्म नगर क्षेत्रमा छ वटा डिप बोरिङ खनिएको जानकारी दिए। उनका अनुसार यसले कृषकलाई समयमै सिँचाइ सुविधा पुर्याएर उत्पादन बढाउन टेवा पुर्याउनेछ।
कमेन्ट गर्नुहोस्
view comments