भारत लैजाने क्रममा महिला पक्राउ, पाँच दिनको म्याद थप
3 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, भदौ ५ गते । पर्सा प्रहरीले मानव बेचबिखनमा संलग्न भएको आरोपमा गोरखा नगरपालिका–४ की २८ वर्षीया सीता सिर्मललाई वीरगञ्ज–१६ को नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको छ। प्रहरीले उनलाई बुधबार दिउँसो तीन महिलालाई प्रलोभन देखाई भारततर्फ लैजाने क्रममा नियन्त्रणमा लिएको हो। कास्की, झापा, काठमाडौं, धादिङ, चितवन, बाग्लुङ र मकवानपुरलगायतका जिल्लाबाट महिलाहरूलाई रोजगारी, विवाह, पैसा र नयाँ लत्ताकपडाको लोभ देखाई ल्याइएकी थिइन्। हेटौंडाबाट गाडी चढाइ वीरगञ्ज ल्याइएपछि भारतको रक्सौलतर्फ लाने क्रममा पीडितलाई तत्कालै उद्धार गरिएको प्रहरीले जनाएको छ।
मानव बेचबिखन तथा ओसारपसारको आरोपमा सिर्मलविरुद्ध पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थपिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जानकारी पर्सा प्रहरीका प्रवक्ता डिएसपी किशोर लम्सालले दिएका छन्।
कमेन्ट गर्नुहोस्
view comments