स्वास्थ्य कारणले प्रश्नोत्तरमा सहभागी नहुने प्रधानमन्त्री ओली
4 घन्टा पहिले प्रकाशित

काठमाडौं, भदौ ४ गते । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभामा सांसदहरूसँग हुने प्रश्नोत्तरमा सहभागी नहुने भएका छन्। प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री ओली स्वास्थ्य अवस्थाका कारण प्रश्नोत्तरमा उपस्थित हुन नसक्ने जानकारी गराएको संसद सचिवालयले जनाएको छ। प्रतिनिधि सभा बैठक बुधबार दिउँसो १ बजे बस्ने तय भएको छ।
आजको बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साह सुडीले बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्। साथै मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पनि प्रस्तुत गरिने कार्यसूचीमा रहेको संसद सचिवालयले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments