सप्तरीका वडाध्यक्ष देवेन्द्र साहको निधन

8 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, भदौ ४ गते ।  सप्तरीको राजगढ गाउँपालिका–५ का वडाध्यक्ष देवेन्द्र साहको निधन भएको छ। क्यान्सर रोगबाट पीडित साहको उपचारका क्रममा आज बिहान चितवनको भरतपुर क्यान्सर अस्पतालमा प्राण गुमेको गाउँपालिकाकी उपाध्यक्ष रेणुदेवी मण्डलले पुष्टि गरेकी छन्।

जनता समाजवादी पार्टीबाट निर्वाचित ७० वर्षीय साह विगत तीन वर्षदेखि क्यान्सरसँग लडिरहेका थिए। परिवारमा दुई छोरा र तीन छोरी रहेका साहको निधनले स्थानीय राजनीति र समुदायमा ठूलो क्षति पुगेको मानिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?