मन्दिर अगाडि गुणस्तरहिन लड्डु बिक्री, भक्तजन स्वास्थ्य जोखिममा आफै ठगाए जस्तो महसुस गर्दे पर्यटक!
2 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, भदौ ३ गते । धार्मिक आस्था र श्रद्धासँग जोडिएका मन्दिर परिसर अगाडि गुणस्तरहिन लड्डु तथा प्रसाद बिक्री हुने गरेको गुनासो बढ्दो छ। भक्तजनहरूले दैनिक रूपमा पूजाआजा र दर्शनपछि प्रसादस्वरूप लड्डु किन्ने गरेका भए पनि ती मिठाईहरू अस्वच्छ वातावरणमा, गुणस्तरहीन सामग्री प्रयोग गरेर बनाइएका हुन्छन् भन्ने एउटा पर्यटक मन्दिर गाली दिदे हिँडे।
स्थानीय बासिन्दा तथा पर्यटक हरूको भनाइ अनुसार, मन्दिर वरपरका फुटपाथहरूमा सस्तो मूल्यमा आकर्षक देखिने तर गुणस्तरहीन लड्डु बेच्ने गरेका छन्। बजारमा सहजै पाइने कृत्रिम रंग, बासी घिउ, र कम गुणस्तरको चिनी मिसाएर उत्पादन गरिने लड्डु भक्तजनको स्वास्थ्यका लागि खतरनाक हुने विशेषज्ञहरू चेतावनी दिन्छन्।
धुलो–धुवाँ, मक्खी र खुला सडकमा सजाइएका मिठाईहरूले स्वास्थ्य मापदण्ड पूर्ण रूपमा उल्लङ्घन गरिरहेका छन्। “प्रसाद” भनेर भक्तजनहरूले नसोची किन्ने परम्पराको दुरुपयोग गर्दै फुटपाथ व्यापारीहरूले नाफामुखी व्यापारलाई प्राथमिकता दिएको आरोप छ।
यस विषयमा सम्बन्धित विभागले अहिलेसम्म पर्याप्त चासो नदिएको भन्दै स्थानीयवासी असन्तुष्ट देखिएका छन्। उनीहरू भन्छन्, “धार्मिक स्थललाई पवित्र मानिन्छ, तर त्यहाँकै वरिपरि अशुद्ध लड्डु बिक्री हुनु दुःखद कुरा हो।” दशैंको मात्र एक महिना मात्र छ जनकपुरधाममा लड्डुको व्यापार अनुमति एक करोड जति हुन्छ!
विशेषज्ञहरूका अनुसार गुणस्तरहिन मिठाईको सेवनले फुड प्वाईजनिङ, पेट दुखाइ, पखाला, दीर्घकालीन रोग जस्ता समस्या निम्त्याउन सक्छ। यसरी भक्तजन पर्यटकको स्वास्थ्यसँग खेलबाड भइरहेको भन्दै सम्बन्धित निकायलाई कडा निगरानी र कारबाही गर्न माग गरेका छन्।
कमेन्ट गर्नुहोस्
view comments