सप्तरीमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

2 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, भदौ ३ गते । सप्तरीमा सोमबार दुई अलग–अलग घटनामा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ। अग्निसाइर कृष्णासवरण गाउँपालिका–२ सीतापुरकी ७२ वर्षीया सजनी सदा घोंगी टिप्ने क्रममा रञ्जन चौधरीको निजी पोखरीमा डुबेर ज्यान गुमाएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै, खडक नगरपालिका–६ मा श्रीकृष्णाजन्माष्टमीको अवसरमा मूर्ति सेलाउने क्रममा १८ वर्षीय राजा चौधरी पोखरीमा डुबेर मृत भएका छन्। अचेत अवस्थामा उद्धार गरी राजविराजस्थित छिन्नमस्ता अस्पताल पुर्‍याइए पनि उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी जीतेन्द्रकुमार बस्नेतले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?