सप्तरीमा करेन्ट लागेर दम्पत्तीको मृत्यु
6 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, भदौ १ गते । सप्तरीको कञ्चनरुप नगरपालिका–५ पिपराममा शनिबार राति करेन्ट लागेर एक दम्पत्तीको मृत्यु भएको छ । मृतकमा ५० वर्षीय बद्रि सरदार र उनकी ४५ वर्षीया श्रीमती बिमला देवी सरदार रहेका छन् । खेतको काम सकेर साँझ ८ बजे घर फर्किने क्रममा करेन्ट लाग्दा दुवै जनाले घटनास्थलमै ज्यान गुमाएका हुन् ।
इलाका प्रहरी कार्यालय कञ्चनरुपका डिएसपी माधवप्रसाद काफ्लेका अनुसार स्थानीय महेन्द्र सदाले हात्तीबाट धान जोगाउन खेत वरिपरि तानेको जिआई तारमा करेन्ट प्रवाह गर्दा घटना भएको हो । कानुनी प्रक्रिया पूरा गरी मृतक दम्पत्तीको शव पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पठाइएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
view comments