सर्लाहीमा छुट्टाछुट्टै मोटरसाइकल दुर्घटना, दुईको मृत्यु, एक गम्भीर घाइते

20 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, श्रावण ३० गते । सर्लाहीको चक्रघट्टा गाउँपालिका–५, पडरियामा गएराति बीआर ३० एजी ५०३६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ६० वर्षीय बरन बैठाको घटनास्थलमै मृत्यु भएको छ भने २० वर्षीय दीपक मण्डल गम्भीर घाइते भएका छन्। मण्डलको उपचार प्रादेशिक अस्पताल मलङ्गवामा भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा सामान्य घाइते भएका चालक २० वर्षीय हरेकृष्ण यादवलाई उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यसैगरी, ईश्वरपुर नगरपालिका–१, चौलिखामा एचपी ५५ एसी ६१०५ नम्बरको भारतीय मोटरसाइकल अनियन्त्रित भई नालामा खस्दा चालक २४ वर्षीय अमनदीप राम घाइते भए। गम्भीर अवस्थामा रहेका रामको उपचारका क्रममा साँझ एलएस न्यूरो अस्पताल बारामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?