प्रधानमन्त्री ओली आज जनकपुरधाममा, मधेश प्रदेश प्रहरी कार्यालयको नयाँ भवन उद्घाटन गर्ने

20 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, श्रावण ३० गते । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार बिहान जनकपुरधाम पुग्दै हुनुहुन्छ । मधेश प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवन उद्घाटनका लागि उहाँ ११ः३० बजे काठमाडौँबाट धनुषातर्फ प्रस्थान गर्नुहुने कार्यक्रम प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । करिब २३ करोड १० लाख ४३ हजार ४०७ रुपैयाँ लागतमा बनेको यो सुविधा सम्पन्न भवनमा ६८ वटा कोठा रहेको मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रवक्ता गणेश नायकले जानकारी दिनुभयो ।

विसं २०८० असोज १० गते निर्माणको जिम्मेवारी पाएको शिवालय सुवेदी जेभीले भवन समयमै सम्पन्न गरेको दाबी गरिएको छ । सम्झौता अवधि २०८२ असार मसान्तसम्म भए पनि निर्माण निर्धारित समयमै सकिएको बताइएको छ । नयाँ भवनको उद्घाटनसँगै प्रहरी सेवाको प्रभावकारिता र सुविधा वृद्धि हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?