टिकटकमा “गुण्डा” नामक आईडी चलाउने इरसाद खान पक्राउ

21 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, श्रावण ३० गते । टिकटोक प्लेटफर्ममा हिन्दु धर्मावलम्बीहरुलाई लक्षित गरी भिडियो बनाउने जनकपुरका “गुण्डा” आईडी चलाउने इरसाद खान पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले खानलाई विहिबार पक्राउ गरेको हो । उनको टिकटोक आईडीमा हिन्दु धर्म विरोधी गतिविधि, छाडा बोल्ने, होच्याउने खालका भिडियोहरु बनाएको पाएपछि धनुषा प्रहरीले एक्सन लिएको हो । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ५ बस्ने समिम खानका २३ बर्षिय छोरा इरसाद खानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता बरुण बहादुर सिँहले जानकारी दिए । उनका अनुसार, उनलाई विहिबार नै पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको हो ।

विदेशमा हुँदा समेत हिन्दु धर्मावलम्बीहरुलाई टारगेट गरी भिडियो बनाउने, गैर समाजिक वक्तत्व दिने, छाडा गतिविधि गर्ने कार्यमा संलग्न रहेका उनलाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।जनकपुर जस्तो ठाउँमा धार्मिक द्धेष फैलाएको आरोपमा उनलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयको थुनामा राखेर अनुसन्धान सुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?