वीरगञ्जमा भारतीय ‘कथाकली’ नृत्य: सांस्कृतिक सम्बन्ध सुदृढ बनाउने साझा प्रयास

2 दिन पहिले प्रकाशित

काठमाडौं, श्रावण २९ गते ।  भारतको ७९औँ स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा बुधबार वीरगञ्जमा भारतीय कला र संस्कृति झल्किने ‘कथाकली’ नृत्य प्रस्तुत गरिएको छ। काठमाडौँस्थित भारतीय दूतावास र भारतको महावाणिज्य दूतावास वीरगञ्जको आयोजनामा आयोजित कार्यक्रममा भारतको केरला राज्यमा प्रख्यात महाभारत कथामा आधारित कथाकली नृत्य नौ जना कलाकारले प्रस्तुत गरे।

कार्यक्रममा मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवाल, वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंह र भारतका महावाणिज्यदूत देवी सहाय मिणाले नेपाल–भारतबीचको ऐतिहासिक, सांस्कृतिक र भावनात्मक सम्बन्धबारे आफ्नो धारणा व्यक्त गरे। वक्ताहरूले दुवै देशबीचको आपसी सद्भाव, सौहार्द र सांस्कृतिक आदान–प्रदानलाई अझ मजबुत बनाउँदै लैजान आवश्यक रहेकोमा जोड दिए। कार्यक्रम इन्डियन काउन्सिल फर कल्चरल रिलेसनको संयोजनमा सम्पन्न भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?